नियम
उजुरीको जाँचबुझ, दर्ता र दरपीठ
: (१) नियम ३ को उपनियम (१) वा (३) बमोजिम उजुरी प्राप्त भए पछि रजिष्ट्रारले त्यस्तो उजुरी सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नु पर्नेछः-
(क) उजुरवालाको दाबी वा निजले विपक्षी वा प्रतिवादी उपर लगाउन खोजेको अभियोग वा दाबी कानूनमा आधारित छ वा छैन,
(ख) उजुरवालाले प्रस्तुत गरेको वा गर्न चाहेको प्रमाण मुद्दामा सरोकारका छन्‌ वा छैनन्‌ र ती प्रमाण उजुरीमा उल्लेख गरेको कुरा प्रमाणित गर्न पर्याप्त छन्‌ वा छैनन्‌, (ग) हदम्याद भित्र छ वा छैन,
(घ) कानून बमोजिमको ढाँचा मिलेको छ वा छैन तथा अदालतको अधिकारक्षेत्र भित्र छ वा छैन।
(२) उपनियम (१) बमोजिम रजिष्ट्रारले जाँचबुझ गर्दा उजुरी रीतपूर्वकको देखिएमा अनुसूची-२ बमोजिमको शुल्क लिई सोही दिन उजुरी दर्ता गरी उजुरवालालाई तारेख तोकी तारेख पर्चा दिनु पर्नेछ।
तर नियम ३ को उपनियम (३) बमोजिम श्रम तथा रोजगार कार्यालय मार्फत प्राप्त उजुरीको सम्बन्धमा सो कार्यालयले तोकेको तारेख बमोजिम उजुरवाला अदालतमा उपस्थित भए पछि त्यस्तो उजुरी जाँचबुझ गरी दर्ताको प्रकृया अघि बढाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा त्यस्तो उजुरी हदम्याद भित्र नभएको, अदालतको अधिकार क्षेत्रभित्र नरहेको वा कानून विपरीत भएको कारण दर्ता गर्न नमिल्ने देखिएमा रजिष्ट्रारले दरपीठ गरी अदालतको छाप लगाई सम्बन्धित व्यक्तिलाई भरपाई गराई फिर्ता दिनु पर्नेछ र सोको एक प्रति अदालतमा अभिलेख राख्नु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि: कुनै उजुरीमा नियम ४ बमोजिम खुलाउनु पर्ने विषय नखुलाएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नगरेको भएमा आवश्यक भए अदालतले उजुरवालालाई त्यस्तो कुरा खुलाउन वा पेश गर्न लगाई उजुरी दर्ता गर्न सक्नेछ ।